Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, २६ चैत २०७८। नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो सार्वजनिक भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र महासंघ प्रदेश १ का अध्यक्ष लीला बल्लव घिमिरेले संयुक्तरुपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

बिहीबार विराटनगरमा भएको पत्रकार महासंघ प्रदेश १ को प्रदेश सम्मेलन उद्घाटन समारोहमा पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

पत्रकार महासंघ झापा शाखाले विभिन्न महत्वपूर्ण विवरण संलग्न गरी छ पृष्ठको वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । महासंघले वर्तमान कार्यसमिति, पूर्व अध्यक्षहरु, झापाबाट निर्वाचित राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य र प्रदेश १ मा झापाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण संलग्न गरिएको छ ।

त्यस्तै महासंघ झापा शाखाका दुई सय ६० जना सदस्यको विस्तृत विवरण, पत्रकार आचारसंहिता अन्तर्गत पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको विवरण भित्तेपात्रोमा समावेश गरिएको महासंघ कार्यसमिति सदस्य सन्तोष शर्माले जानकारी दिए । महासंघ झापा शाखाले पत्रकार आचारसंहिता जागरण अभियान अन्तर्गत भित्तेपात्रोमै आचारसंहिताको महत्वपूर्ण अंश समावेश गरिएको छ । भित्तेपात्रो सबै सदस्य र सञ्चारमाध्यममा उपलब्ध गराइने कार्यालय सचिव अनुषा चुडालले बताइन् ।
विभिन्न ११ बुँदे घोषणा जारी गर्दै सम्पन्न महासंघको प्रदेश सम्मेलनमा झापा शाखाबाट अध्यक्ष एकराज गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र सुशिला संग्रौला, सचिव डिकेश लामा, कार्यसमिति सदस्य विनोद पाण्डेको सहभािगता रहेको थियो ।

तपाईको प्रतिक्रिया