Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

ताप्लेजुङ, २१ चैत २०७८ । चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । गएराति परेको चट्याङका कारण भलिबल खेलाडी सिरिजंघा गाउपालिका वडा नं.२ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको ज्यान गएको हो ।

राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागेर र घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याउना साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे ।

तपाईको प्रतिक्रिया