Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

काठमाण्डौ, २१ चैत २०७८ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुनुभएको छ ।

भारत सरकारको मन्त्रिपरिषद्को बैठकले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको विदेश मन्त्रालयले जनाएको छ । सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गरेका क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रूपमा काम गरिसक्नुभएको छ ।

यस्तै क्वात्रासँग तीन वर्ष अमेरिकी राजदूत भएर काम गरेको अनुभवसमेत रहेको छ ।

 

तपाईको प्रतिक्रिया