Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २० चैत २०७८ । झापाको बिर्तामोडमा आज देखि उर्जा द टे«निङ फर इन्टरप्रेनरसिप शुरु भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्येश्यका साथ तालिम आयोजना गरिएको हो ।

तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने करिव २ सय युवाको उपस्थिती रहेको छ । तालिमको आज पहिलो दिन मोटिभेसनल स्पिकर रोहित मल्लले सहजिकरण गर्नुृ भयो । सोमबार र मंगलबारको प्रस्तुती व्यवसायी तथा नायक सन्जोक कोइराला, सोसियल इन्टरपेनर प्रकृती मैनालीको रहने आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिनु भयो । त्यस्तै चर्चित ¥यापर तथा काठमाण्डौबाट मेयरको उम्मद्वारी घोषणा गर्नुभएका बालेन शाहसँगको बिषेश कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति समेत रहने छ ।

सेमिनारको मुख्य उद्येश्य युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने रहेको कार्यक्रमका प्रस्तोता तथा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिनु भयो । साथै स्टाट अप बिजनेश के हो र कसरी गर्न सकिन्छ, सेयर मार्केटको भविष्य कस्तो छ भन्ने बिषयमा समेत सेमिनार केन्द्रित रहेको उहाको भनाई छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया