Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, १८ चैत २०७८ । रुसले बिना कारण युक्रेनमाथि हमला गरेको शुक्रबार (आज) ३७ दिन पुगेको छ । युक्रेनभन्दा कैयौं शक्तिशाली मानिएको रुसले युक्रेनलाई केही दिनमै आफ्नो कब्जामा लिनसक्ने विश्वास गरेको थियो । तर रुसी आक्रमणको युक्रेनी सेनाले डटेर सामाना गरिरहेपछि रुस आश्चर्यमा परेको छ । रुसले सोचे विपरित युद्ध लम्बिएको छ । रुसले युक्रेनमाथि गत फेब्रुअरी २४ देखि आक्रमण शूरु गरेको हो ।

रुसी आक्रमणले लाखौं युक्रेनी घरबार बिहिन भएका छन् भने ४० लाख भन्दा बढी युक्रेनी नागरिक आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । युद्धका कारण कसैका परिवारका सदस्य गुमेका छन भने कोही परिवारबाट छुटेका छन् ।रुसले युत्रलेनका सबै पूर्वाधारहरु बम र रकेट प्रहार गरेर ध्वस्त पारिदिएको छ । सयौं युक्रेनीको मृत्यु भएको छ ।

युक्रेनमा मानिस मात्रै नभएर युद्धका कारण पशुपंक्षी समेत चरम संकटमा परेका छन् । ३७ दिन लामो युद्धले धेरै घर पालुवा जनावर ठूलो संकटमा छन् । ती कतिपय घर पालुवा जनावर आफ्नो मालिकसँग टाढा भएका छन् । यस्ता थुप्रै जनावरहरू घाईते समेत भएका छन् । ती जनावरहरूमा पीडा यस्तो छ कि उनीहरूमा ऐया भन्ने शब्द छैन । यद्यपि युक्रेनका कतिपय मानिसहरू यस्ता देखिएका छन् जसले आफ्ना घरपालुवा जनावरलाई देश छाडेर जाँदा आफुसँगै लैजान अडान लिएका छन् ।

बीबीसीका अनुसार भारतबाट चिकित्सा अध्ययनका लागि युक्रेन पुगेकी आर्या एल्ड्रिन नामकी युवतीले युक्रेनमा रुसले बमबारी गर्न थालेपछि उनले साइबेरियन हस्की कुकुरलाई आफ्नो साथमा भारत ल्याएकी छिन् । उनको रोमानियाको सीमानामा कुकुरसँग खिचेको तस्वीर निकै भाइरल भएको छ । रुस र युक्रेनबीच चलिरहेको युद्धमा कतिपय जनावरले अन्य देशहरुमा शरण पाएपनि कतिपय जनावरहरू युक्रेनको युद्ध भूमिमा फसेका छन् भने कतिपय बोर्डरमै छोडिएका छन् ।

युक्रेनी नागरिकहरुले शरण लिएका छिमेकी देशहरुमा आफूले अडान लिएर सँगै लगेका घरपालुवा जनाबरहरुको उपचार भने सम्बन्धित देशमा गराइरहेका छन् । तर युक्रेनकै भूमिका रहेका जनावरहरुको अवस्था भने निकै पीडा दायक छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कतै युक्रेनी नागरिकहरुले जनावरलाई आफू सँगै लिएर बोर्डर तिर गइरहेका देखिन्छ भने कतिपय ठाउँमा घाइते जनाबरहरुको उपचार भइरहेको देखिन्छ । तर युद्धका कारण दयनीय अवस्थामा पुगेको युक्रेनमा पर्याप्त खाद्यान्न नहुनु,औषधी,पानी, बिजुली र ग्याँसको अभाव जस्ता कारणले त्यहाँ निकै पीडा छ । ती पीडाहरुलाई बयान गर्ने शब्द समेत छैनन् ।

 

तपाईको प्रतिक्रिया