Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पथरीशनिश्चरे, १५ चैत २०७८ । मोरङको उर्लाबारी नगरपालिकाकाको ६५ औं कार्यपालिका बैठक पुनः अनिर्णित बन्दै अनिश्चित बनेको छ ।

नगर उप–प्रमुख लक्ष्मीदेवी भण्डारी सहितको जनप्रतिनिधिको एक टोलीले कार्यपालिकाको बैठक समय बित्नै लागेको अवस्थामा गराएको र निर्णयका लागि पेश गरिएको प्रस्तावहरू मेयर खड्गबहादुर फागोले एकपक्षीय रुपमा अगाडि सारेको भन्दै बैठक कक्षबाट प्रस्तुत प्रस्तावहरूमाथि छलफल नै नगरी बाहिरिएको थियो ।

बैठकमा उपस्थित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित सबै निर्वाचित जनप्रतिनिधिहरूले निर्णयार्थ प्रस्तुत भएका प्रस्तावहरू उपर कुनै छलफल नै गर्न नचाहने उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले जनाउनुभएको थियो ।

यसैवीच, आज मंगलबार अपरान्ह चार बजे देखि प्रारम्भ भएको उक्त बैठकले ६५औं कार्यपालिका बैंठकबसी कुनै पनि नयाँ निर्णयहरु पारित नगरिएको उप(प्रमुख लक्ष्मीदेवी भण्डारीले संक्षिप्त प्रतिक्रिया दिनुभएको थियो ।

यस अघिको चुनावमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेर विजय भएकी उपमेयर भण्डारीले मेयर खड्ग बहादुर फागोले निर्वाचित जनप्रतिनिधीहरुको समय सिमा सकिनै लाग्दा कार्यपालिकाको बैठक बोलाएको र स्थानिय जनसरोकारका विविध विषयलाई कार्यपालिका बैठकले पारित विलम्ब गरेको आरोप लगाएकी छिन् ।

हिजो सोमबार बिहान ८ बजे नै हुने भनिएको उक्त बैठकमा नगर उप९प्रमुख लक्ष्मीदेवी भण्डारी सहितको जनप्रतिनिधिको एउटा टोली बैठकमै उपस्थित नभई आन्तरिक छलफल गरी नगरपालिकाबाट बाहिरिएपछि बैठ्क आज मंगलबारलाई सारिएको थियो ।

 

तपाईको प्रतिक्रिया