Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, १५ चैत २०७८ । गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जनताका इच्छा र आकांक्षा असिमित रहेपनि बिनियोजित बजेटलाई पुर्ण सदुपयोग गरि वडा भित्र बिकाश निर्माणका काम गरेको बताएका छन।

जनप्रतिनिधि निर्वाचित भएर जनताको काम गरेको ५ बर्ष कार्यकालमा भएका कामको बारेमा जानकारी गराउदै संचारकर्मी संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष भण्डारीले वडा भित्र सडक संजाल बिस्तार, ग्राभेल, उच्चस्तरीय ग्राभेल , सडक कालोपत्र, कल्भर्ट निर्माण,खानेपानी, शिक्षा, स्वास्थ्य, पशु बिमा लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताएका छन। वडाअध्यक्ष भण्डारीले ५ बर्षको अवधिमा जनता र जनप्रतिनिधिहरुबाट पाएको साथ र सहयोगले सकेसम्म विकास निर्माणको कार्य गरेको र केही बिकास निर्माणका योजनाहरु निर्माणाधीन रहेको बताएका छन् । वडा कार्यलय बाट दिइने सेवामा जनतालाई कुनै समस्या नरहेको छिटो छरितो नागरिकको काम गरेको बताउदै ५ बर्ष नागरिकको सेवा गर्ने अवसर पाएकोमा आफू सन्तुष्ट रहेको बताएका छन।

बिकास निर्माणका काम गर्ने क्रममा ५ बर्षको अवधिमा वडा भित्र रहेका १० स्थानमा ६ हजार ९ सय ५० मिटर सडक कालोपत्रे गरिएको बताए। पेट्रोल पम्प देखि गौरादह बजार सम्म १६ सय मि. सितापुरी स्कुल पश्चिम ९सय५० मि.सितापुरी चोक देखि पश्चिम ५सय५० मि. अर्जुनदेव राइको घर दक्षिण १ किलोमिटर सडक निर्माणाधीन , गौरादह बजार ,चौकी हुँदै रेडक्रस मार्ग निर्मणाधिन ११ सय मिटर , गौरादह बजार पुर्व ३ सय मि. निर्माणाधीन , डिपुचोक – डिम्बाउठा सडक , सितापुरी मिल पस्चिम नमुना सडक ४ सय २५ मिटर र अम्बिका घिमिरेको घर उत्तर ६ सय मिटर कालोपत्रे सडक निर्माण सुरुवात भएको अध्यक्ष भण्डारीले जानकारी गराए। करिब २५ कि मि सडक उच्च स्तरीय ग्राभेल , करिब १२ किमी सडक ग्राभेल र १ कि मी ढल निर्माण गरिएको बताएका छन।गौरादह पोखरी लाई पर्यटकीय क्षेत्रका रुपमा बिकाश गर्न गौरादह पोखरी क्षेत्रमा कम्पाउण्ड घेराबारा गरिएको छ भने आ.व. २०७८/७९ बाट डि पि आर अनुसार ठेक्का प्रक्रियाबाट निर्माण सुरु गर्ने बताएका छन। गौरादहका ऐतिहासिक पोखरीलाई गौरवका योजनाको रुपमा विकास गर्ने गरि कामको प्रक्रिया अघि बढेको बताए ।

गौरादह बजारलाई प्रदेश सरकारबाट १ करोड १० लाख र गौरादह नगरपालिका र वडा कार्यलय बाट ४० लाख को लागतमा स्तरोन्नति गरिएको उनको बताए ।वडा भित्र ७ वटा बक्स कलभर्ट निर्माण , ५५ बढी स्थानमा ह्युमपाइप जडान , कृष्णे खोलामा ९२ मिटर लामो फलामे पुल , कृष्णे खोलामा ४२ मिटर लामो पक्की पुल निर्माणाधीन , लगभग ८०० मिटर गेउरिया कृष्णे खोला नदि नियन्त्रण लगायतका काम भएको अध्यक्ष भण्डारीले बताएका छन् ।अतिविपन्न विहिन ८ परिवारलाई आवास निर्माण , ७५ घरलाइ सुरक्षित आवास अन्तर्गत जस्ता पाता बितरण , १०० पोलमा सडकबत्ती जडान, विभिन्न मठ मन्दिर र संघ संस्थाको भवनको भौतिक शुधार , समाधिस्थल निर्माण सुरु , ६० हेक्टर जमिनमा सिचाइ (डिप बोरिङ) लगायतका कार्य सम्पन्न गरेको बताएका छन।

बिगत केही बर्ष देखि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्न चेतनामुलक कार्यक्रम आयोजना गरिएको, वडा भित्र रहेका अतिविपन्न परिवारलाई उपचारका लागि स्वास्थ्य शिबिर आयोजना गरिएको, एम्बुलेन्स र सब वहानमा सहयोग प्रदान गरिएको बताए ।कोरोना महामारीको समयमा निशुल्क आयुर्वेदिक औषधि बितरण , निशुल्क एम्बुलेन्स र सब वहान सेवा साथै गरिव तथा अतिविपन्नलाई खाद्यन्न तथा राहत वितरण गरेको अध्यक्ष भण्डारीले जानकारी गराए। वडा भित्रका ९३ बिपन्न परिवारलाइ स्वास्थ बिमा गरिएको जानकारी गराए।वडाका ११५ परिवारलाई सहुलियतमा खानेपानी मिटर र धारा जडान गरिएको र घरघरमा स्वच्छ खानेपानीको ब्यवस्था गरेको अध्यक्ष भण्डारीले जानकारी गराउदै दुई वटा माध्यमिक बिधालय मा ८/८ कोठे भवन निर्माण गरिएको र बिद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न शिक्षा सुधार कार्यक्रम समेत आयोजना गरिएको जानकारी गराए।

वडाले ४८ जनालाई ड्राइभिङ , २ सय बढीलाई इलेक्ट्रोनिक तथा विभिन्न सीप सिकाइ तालिम , महिला विकास कार्यक्रम अन्तरगत विपन्न तथा अतिविपन्नलाई डल, कुशन ,कृष्टल , सिलाई–कटाईको आधारभूत तालिम प्रदान गरेको अध्यक्ष भण्डारीले बताए ।कृषि कार्यक्रम अन्तरगत माटो परिक्षण,कृषि चुन वितरण, कृषकका १हजार २ सय गाइबस्तुको पशु बिमा , बाख्राको विउ बोका बोयर जातका १० वटा वितरण, किसानलाई स्प्रे टेङ्की र टनेल बितरण , कृषि तथा घरेलु उधोगलाइ उपकरण वितरणलगायतका कार्यक्रम गरिएको अध्यक्ष भण्डारीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया