झापा, १४ चैत २०७८ । झापामा बहुविवाह मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरीको टोलीले बहुविवाह मुद्दाका फरार प्रतिवादीहरु हल्दिबारी गाउँपालिका-३ घर भई दमक नगरपालिका-४ बस्दै आएका सन्तोष नेपाली र गंगा माया नेपालीलाई पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको २०६८ वैशाख १४ गतेको फैसला बमोजिम बहुविवाह मुद्दा शिर्षकमा फरार रहेका उनिहरुलाई आज(सोमबार)फैसला कार्यान्वयनको लागि झापा जिल्ला भद्रपुरको अदालतमा उपस्थित गराईएको हुँदा कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जनाइएको छ ।
फरार प्रतीवादीहरु सन्तोष नेपालीलाई २ वर्ष कैद,२५ हजार जरिवाना र गंगा माया नेपालीलाई १ वर्ष कैद,१० हजार जरिवाना सजाय पाएका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






