Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ चैत २०७८ । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो ।

बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् ।

हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ ।

प्रदेश सरकारले संसदमा पठाएको प्रदेश सञ्चार माध्ययम व्यवस्थापन गर्न बनेको बिधेयक छलफलकै क्रममा छ ।

अघिल्लो सरकारले ल्याएको आर्थिक कार्यविधि सम्बन्धी विधेयक ११ औं बैठकले पारित गरेको थियो ।

गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त राजेन्द्र राईले मंसिर १ गतेको छैठौं बैठकबाट विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रतिपक्षले आलोचना गरेपछि फागुन १५ गते सातौं बैठक बस्यो । तर त्यसपछि पनि बैठक नियमित हुन सकेको थिएन ।

 

तपाईको प्रतिक्रिया