Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौं, १० चैत २०७८ । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यसै मुद्दामा शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएसँगै जोशी बिहीबार साँझनै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुबै पक्षबाट बहस गरिएको थियो ।जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियो ।

प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेका थिए ।

 

तपाईको प्रतिक्रिया