Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

मोरङ, ९ चैत २०७८ । तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि भोलि बिहीवार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बुधवार बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायम नै रहेको बताइएको छ ।

स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको यो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले यस्तो प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो ।

अहिलेको अवस्था सामान्य रहेको छ, यद्यपि यो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments