Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

हेटौंडा, ८ चैत २०७८ । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमान्‌को ज्यान गएको छ ।

मंगलबार बेलुकी घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

श्रीमतीको कुटाईबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको रिमालले बताए । मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्रेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीटोली अहिले घटनास्थलमा गएको छ ।

तपाईको प्रतिक्रिया