Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ८ चैत २०७८ । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् डा। धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

मंगलबार मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मार तटमा ठुलो पानी पारिरहेको यसको प्रभावले पूर्वी नेपालमा देखिने बताउनुभयो ।

सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उहाँले स्पष्ट पार्नुभयो । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असरले छिट्टै आँधी आएको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया