Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

तेह्रथुम, ५ चैत २०७८। तेह्रथुम जिल्लामा यतिबेला फुलेका लालिगुराँसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । चोलुङ पार्कमा फुलेको राताम्मे लालिगुराँस हेर्न, सेल्फी लिन र टिकटक बनाउनेको भीडपनि दैनिकजसो बढ्न थालेको छ । तिनजुरे, मिल्के जलजले टिएमजेको प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेका छन् । गुराँसको राजधानी टिएमजेको तल्लो क्षेत्रमा गुराँस फुल्न सुरु गरेसँगै आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन् ।

प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातीका गुराँस फुल्ने समय सुरु भएकाले पनि यो समयमा यहाँ पर्यटक पुग्ने गरेका हुन् ।
फागुनदेखि वैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । वसन्तपुरको चोलुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथिभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतीबेला भने यसक्षेत्रको तल्लो भेगबाट विस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ ।

विश्वमा पाईने ३२ प्रजातीमध्ये २८ प्रजातीको गुराँस यसक्षेत्रमा पाईने गरेको छ ।

 

तपाईको प्रतिक्रिया