Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, ४ चैत २०७८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो।

निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका हुनेछ।

आयोगले वैशाख १२ गते साँझ उम्मेदवारको नामको सूची प्रकाशित गर्नेछ। वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने छ भने १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने र उजुरीमाथि निर्णय गर्ने कार्यक्रम रहेको छ। आयोगले उम्मेदवारलाई वैशाख १७ गते चुनाव चिह्न प्रदान गर्नेछ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ।

 

तपाईको प्रतिक्रिया