Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

झापा, २ चैत २०७८ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी ३ जना नै झापाको कमल गाउँपालिका का रहेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका-४ कि ४४ वर्षिया सिता केरुङ, ५० वर्षिय ईन्द्र सम्बाहाम्फे र ४३ वर्षिय हंशराज केरुङ रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पक्राउ परेकाहरु २०७४ असार २८ गतेको फैसला अनुसार मानव बेचबिखन तथा ओसार पसार मुद्दा शिर्षकमा फरार रहेका प्रतिवादीहरुलाई फैसला कार्यन्वयनको लागी खटिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई आज नै फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराईएको जनाइएको छ ।

अदालतको आदेशले प्रतिबादीहरुलाई पीसीआर परिक्षण भई रिपोर्ट नेगेटिभ आए पश्चात कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र-आदेश भए बमोजिम हाल निज प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका तीनजनालाई नै ७ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments