Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

चितवन, २ चैत २०७८ । गैँडाको आक्रमणबाट बच्न भागेका एक सैनिक जवानको पोखरीमा डुबेर मृत्यु भएको छ ।

निकुञ्जमा गस्ती गएको समय गैँडाले आक्रमण गर्न लागेपछि भाग्दा निकुञ्जभित्रको दलदले पोखरीमा डुबेर सैनिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणको कोर इलाकामा अवस्थित साइलीमाइली पोष्टमा कार्यरत खोटाङको खोटाङ गाउँपालिका–४ का २६ वर्षीय पवन कटुवाल रहेका छन् ।

साँझ साइलीमाइली पोष्टबाटबाट सुरक्षार्थ हुद्दा भोजबहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीमा उनी गएका थिए ।

मृत्युको सूचना पाएपछि इलाका प्रहरी कार्यालय फुलाबारीबाट गएको टोलीले घटनास्थल तथा शवको मुचुल्का तयार गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया