Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३० फागुन २०७८ । महिला र किशोरीविरुद्धको बढ्दो हिंसालाई सम्बोधन गर्ने उद्धेश्यले काठमाडौंमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

वुमन एमजीओ फेडेरेसन (डब्लुएनएफ), राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग र एभ्री वुमन नामक संस्थाले संयुक्त रूपमा गर्ने सम्मेलनमा दक्षिण एसियाका महिला अधिकारकर्मी, कुटनीतिज्ञ र मानवअधिकार विशेषज्ञहरूले बढ्दो हिंसा समाधान गर्न अन्तराष्ट्रिय रुपरेखा कोर्ने छन् । एक सय प्रतिनिधिसहित सहभागी हुने सम्मेलनले नेपाल, भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका कुटनीतिज्ञ, विषय विशेषज्ञ, अग्रपंक्तिका कार्यकर्तालाई भइरहेका र सम्भावित समाधानहरूलाई विश्लेषण गर्न एकै ठाउमा ल्याउने विश्वास लिइएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ४८ प्रतिशत नेपाली महिलाले आफ्नो जीवनको कुनै न कुनै क्षणमा हिंसा भोगेको र विश्व स्वास्थ्य संगठनले प्रत्येक तीन जना महिलामध्ये एक जना हिंसाबाट प्रभावित हुने गरेको बताएको छ ।

चैत्र १ र २ गते हुने सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नहुनेछ ।

 

तपाईको प्रतिक्रिया