Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २८ फागुन २०७८ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौममद्वारा सार्वजनिक गरिएको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्धको महाभियोग प्रस्तावमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल गौतम र नेकपा ९एकीकृत समाजवादी०का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा ९५ जना सांसदहरू उभिएका छन् ।

यस्तै, बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्ने कार्यसूची छ ।

आइतबारको बैठकमा पनि नेकपा ९एमाले०ले अवरोध कायमै राख्ने भएको छ । आफ्ना माग सम्बोधन नभएसम्म संसदको अवरोध जारी राख्ने अडानमा एमाले छ ।

 

तपाईको प्रतिक्रिया