Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २८ फागुन २०७८ । रुसको आक्रमणका कारण असुरक्षित बनेको युक्रेनबाट चार नेपाली स्वदेश आइपुगेका छन् ।

उनीहरू आज (शनिबार) दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको हो ।

भारत सरकारले युक्रेनबाट आफ्ना नागरिक उद्धारका क्रममा जहाजमासँगै नेपालीलाई पनि ल्याएको हो ।उनीहरु नयाँ दिल्ली हुँदै शनिबार नेपाल आइपुगेका हुन् । स्वदेश आइपुगेका उनीहरुको परिचय प्राप्त हुन बाँकी रहेकोछ ।

गत साता पनि भारतीय सरकारले युक्रेनबाट पोल्यान्ड पुगेका एक नेपालीको उद्धार गरेकोथियो । अहिलेसम्म युक्रेनबाट भारतले ५ नेपालीलाई स्वदेश फर्किन सहयोग गरेको छ ।

भारतको सहयोगमा नेपाली स्वदेश फर्केपछि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सरकारलाई धन्यवाद समेत दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया