Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २८ फागुन २०७८ । झापाको बुद्धशान्तिबाट प्रहरीले अवैध औषधी सहित मानिस र गाडि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका३ का ३० वर्षिय सईन्द्र राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरीको टोलीले शुक्रबार(हिंजो) अन्दाजी ६ः१५ बजेको समयमा बुद्धशान्ति गाउँपालिका-४ स्थितमा शंका लागि चेक जाच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउँदै गरेको मे.१.च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्युु को बोराले छोपी अवैध औषधीहरु ल्याउँदै गरेको अवस्थामा फेला पारी बरामद गरी गाडी र गाडी चालक राईलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई राखी अनुसन्धान गर्दा उक्त औषधीको मूल्य ६९ लाख ७७ हजार ९ सय ४४ र पिकअप गाडीकोे अन्दाजी मूल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९ सय ४४ मूल्य खुल्न आएको जनाइएको छ । थप अनुसन्धानको लागि श्री औषधी व्यवस्था विभाग शाखा कार्यालय कञ्चनबारी विराटनगर मोरङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अवैध औषधीको विवरण :-
१.Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता
२.ZEEGOLD women soft Gelatin capsules १५०पत्ता
३.ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता
४.ZINCOCET २०० पत्ता
५.KT5Derm ७०० पत्ता
६.Gulfadryl ४५६ वोतल
७.ZENEGRA RED100 ८८४०पत्ता
८.Labdic Relief २०० पिस
९.ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता
१०.InsTAZIN १८०० पत्ता
११.PARABOOST650mg १६०० पत्ता

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया