Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

काठमाडौं, २७ फागुन २०७८ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दवाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौं शुक्रबार एक कार्यक्रममा उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति संकटको चक्रब्यूहमा फसेर सरकार प्रभाविहिन बनेको जिकिर गर्नुभयो । देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको थापाको भनाइ छ ।

अध्यक्ष थापाले राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभइ संसदीय निर्वाचन रहेको भन्दै आगामी निर्वाचनपछि पार्टीलाई राष्ट्रियको मान्यता दिलाउने जिकिर गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया