Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, २२ फागुन २०७८ । बिर्तामोडको भद्रपुर रोडमा लागेको आगलागी नियन्त्रणमा आएको छ । भद्रपुर रोडस्थित न्यु नमस्ते फास्ट फुड एन्ड सेकुवा कर्नरको पछाडिपट्टि रहेको रामप्रसाद शाहको घरमा आगलागी भएको हो । शाहको घरमा भाडामा बस्ने ग्वालाको कोठाबाट ग्यास लिक भएर सो आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्यले बताए ।

आगलागीबाट साहाको ६ कोठा र टिनको छानो भएको पक्की घर क्षतिग्रस्त भएको छ भने घरभित्रका मालसामान जलेर नष्ट भएका छन् । दिउँसो १ बजे सुरु भएको आगलागी बिर्तामोड , भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा दिउँसो पौने २ बजे नियन्त्रणमा आएको डिएसपी आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया