Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पोखरा, २० फागुन २०७८। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनका लागि गठबन्धनको अधिकार जिल्लालाई दिने बताउनुभएको छ ।

नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आसन्न स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने नगर्ने जिम्मा सम्बन्धीत जिल्लालाई अधिकार दिने बताउनुभयो ।

तर गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै दाहाल–नेपाल समूहसँग चुनावी गठबन्धनबारे अहिले कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।

आसन्न निर्वाचनका लागि पार्र्टी संगठनलाई मजवुद बनाउँदै अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री थापाले काँग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दा माथि पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

महमन्त्री थापाले उम्मेदवार टुङ्गाउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्गाउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्गाउने गरी कार्यविधि केन्द्रले ल्याउने बताउनुभयोे ।

एमसीसी सम्झौतामा कम्युनिष्टहरूले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उहाँले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल हुनुभएको बताउनुभयो । उहाँले नेपालका सबै राजनीतिक दलका नेताहरुले एमसीसीको प्रक्रिया अघि बढाएको बताउनुभयो ।

महामन्त्री थापाले कम्युनिस्टहरुले जनादेशको कदर गर्न नसक्दा कांग्रेसले देश चलाउने जिम्मेवारी लिनुपरेको बताउनुभयो । उहाँले केपी ओली वा दाहाल कोही पनि दोषमुक्त नरहेको भन्दै गठबन्धनमा रहेका कारण दाहाल – नेपालप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको समेत प्रष्ट पार्नुभयो ।

 

तपाईको प्रतिक्रिया