Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १९ फागुन २०७८ । झापाको गौरीगञ्जमा १५ वर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तीन जना युवक पक्राउ परेका छन् । गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन् । प्रहरीका अनुसार बुधबार बेलुका साढे ४ बजेतिर खेतमा पराल लिन गएकी बालिकामाथि बलात्कार भएको थियो ।

पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएको छ । भारतीय सीमानजिक जवानमुन्सी मेला घुमेर फर्किने क्रममा उनीहरुले बालिकालाई जबर्जस्ती करणी गरेका थिए । झापा गाउँपालिका निवासी पीडित बालिका ५ महिनादेखि गौरीगञ्जस्थित आफन्तको घरमा बस्दै आएकी छन् ।

त्यस्तै जबर्जस्ती करणी गरी फरार भएको अभियोगमा भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया