Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १७ फागुन २०७८ । कमलनगर जेसीजले साइन्स अफ माइन्ड एन्ड नम्बर विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रम कमल-५ स्थित रोडस्टार पार्टी प्यालेसमा आइतबार सम्पन्न भएको थियो ।

पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमलनगर जेसीजको संयुक्त आयोजनामा १ दिने गरिएको प्रशिक्षण कार्यक्रममा संस्कार एकाडेमीका लाइफ कोच राजाबाबु शाहले तालिममा सहभागी करिब १ सय जनालाई प्रशिक्षण दिनुभएको कमलनगर जेसीज २०२२ का अध्यक्ष नारायण बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक शाहले तालिममा सहभागीहरुलाई ज्योतिषीय दृष्टिकोणबाट नम्बर इनर्जी र र प्लानेटरी पोजिसनले मानव जीवनमा पार्ने प्रभावको सम्बन्धमा प्रष्ट पार्नुभएको थियो । यस्तै, युनिभर्सल इनर्जी, नम्बर इनर्जी, क्वान्टम इन्टेङ्गलमेन्ट, युनिभर्सल टु«थ, ननयुनिभर्सल टु«थ, प्लानेटसको स्वभाव लगायतको बारेमा प्रशिक्षक शाहले चर्चा गर्नुभएको थियो । तालिम साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन भएको जनाइएको छ । कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका कि अध्यक्ष मेनुका काफ्ले प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा जेसीजका पदाधिकारीहरु, अन्य संघ संस्थाका व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया