Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १६ फागुन २०७८ । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा आउन आग्रह गरेको छ ।

राजधानी किभमा कर्फ्यु खुकुलो पारेको भन्दै जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा आउन आग्रह गरेको छ ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित स्थानमा आउने उपयुक्त मौका रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले केही समस्या परेमा सम्पर्क गर्न दूतावासका अधिकारी र गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको टेलिफोन नम्बरहरु पनि सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया