Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, १६ फागुन २०७८ । झापाको भद्रपुरमा गुडीरहेको गाडीमा अचानक आगलागी भएको छ । भद्रपुर–९ स्थित पारिजात चोकमा आज (सोमबार) चारआलीदेखि चन्द्रगढी जादै गरेको प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो म्याजिक भ्यानमा अचानक आलगागी भएको हो ।

भद्रपुर–९ स्थित लक्ष्मी चोकका गाडीधनी दिपक राउतका अनुसार बेलुका ४ वजे अचानक आगलागी हुँदा गाडी पूर्णरुपमा क्षति भएको छ । गाडीमा ३ जना यात्रु रहेका थिए । उनीहरुलाई केहि नभएको उनले बताए । वाईरिङ सर्ट भई गाडीमा आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।आमसञ्चारबाट

 

तपाईको प्रतिक्रिया