Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दमक, १५ फागुन २०७८ । मोतिविन्दु भएका ५३ जनाको  मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । दमक-६ स्थित मेची नेत्रालयले मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा  शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो ।
यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चालन गरेको थियो । सो शिविरमा करिव १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ । शिविर सञ्चालनका क्रममा भेटिएको मोतिविन्दु भएका ५३ जनाको शनिबार मेची नेत्रालय दमकमा शल्यक्रिया गरिएको हो ।

आँखाको पर्दा रोग विशेषज्ञ डा.शरदचन्द्र राई, डा. राजेश श्रेष्ठको टोलीसँगै मातृका आई फाउण्डेशनको प्राविधिक सहयोग रहेको थियो ।
मातृका आई फाउण्डेशन काठमाण्डौंको विशेष गरेर चश्मा/कन्ट्याक्ट लेन्सहरू तत्काल र स्थायी रूपमा हटाउन लेजर आँखाको शल्यक्रिया प्रमुख सेवाको रुपमा रहेको छ । आधुनिक उपकरणहरू सहितको बाहिरी–बिरामी–उन्मुख सर्जिकल केन्द्र हो । सेवाहरूमा व्यापक आँखा समस्या अनुसन्धान, औषधि, थेरापी चश्मा/कन्ट्याक्ट लेन्स र शल्यक्रियाहरू मार्फत उपचार समेत व्यवस्था रहेको छ ।
दमकमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू मेची नेत्रालयले १ वर्षअघिदेखि सुरु गरिसकेको छ । आँखाको जटील उपचार मानिने आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

आँखा भित्र एउटा लेन्स हुन्छ । यो लेन्सले क्यामाराको लेन्सको जस्तै प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुदा पारदर्शी र रङवबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुदै जान्छ । तपाँईको लेन्सको धमिलोपनलाई मोतिविन्दु भनिन्छ । समय बित्दै जादा, मोतिविन्दुले तपाँईको दृष्टि अझ धमिलो बनाउँछ र तपाँईको आँखा प्रकाशको ज्योतिसँग संवेदनशील हुँदै जान्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया