Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ फागुन २०७८ । झापाकी पत्रकार माया पकुवालको निधन भएको छ। उपचारका क्रममा उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा सोमबार बिहान निधन भएको हो।

केही दिनदेखि अस्पतालको सघन उपचार कक्षमा उनको उपचार गरिँदै थियो।

केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी पकुवाल मेहनती, संघर्षशील र सिर्जनशील पत्रकारका रुपमा चिनिन्थिन्।

पकुवाल झापाको भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका वरुणकी प्रकाशक/सम्पादक थिइन्।

 

तपाईको प्रतिक्रिया