Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाण्डौ, ८ फागुन २०७८ । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा ५० हजार जम्मा गरेमा दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ भनी जम्मा गर्न लगाइ ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज आइतवार पक्राउ गरेको हो ।

पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार रुपैयाँ ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया