Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठमाडौं, ८ फागुन २०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताउनुभयो ।

विवाद र विरोधकाबीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उहाँले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध समेत गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा दाहालले प्रहरी दमनमा भएका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया