Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

संखुवासभा, ७ फागुन २०७८ । संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा बाबुको हत्या आरोपमा १७ वर्षीय छोरा सुमन दर्जी पक्राउ परेका छन् । ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको आरोपमा उनका साईँला छोरा सुमन शनिबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रबार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

 

 

तपाईको प्रतिक्रिया