Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

सुनसरी, ७ फागुन २०७८ । सुनसरीको धरान उप–महानगरपालिका–५ बाट प्रतिबन्धित लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–५ का २८ बर्षीय सुवास राई रहेका छन् । लागूऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन–७४२ ट्यावलेट, ट्रमाडोल–७१४ क्यापसुल र टापेन–४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको हो ।

निषेधित औषधीसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया