Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाण्डौ, ६ फागुन २०७८ । खाना पकाउने प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका–६ का ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । शंकर र कृष्ण मृतकका माइलो र कान्छो छोरा हुन् ।

प्रहरीका अनुसार दुवै जनाले रक्सी खाएर ६५ वर्षीय आफ्नै बुवालाई प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरणासन्न हुने गरी घाइते बनाएका थिए । घाइतेको उपचारका क्रममा हिजो राति साढे सात बजे वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

अहिले दुवैजना विरुद्ध ज्यान सम्बन्धी कसूरमा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया