Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बिर्तामोड, ६ फागुन २०७८। सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता बेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।
आफ्नो बिवाहको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको कृपाले बताइन् ।

झापाको कनकाई-८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई-६ चुहानडाँडाका हरि पराजुलीसंग विवाह गरेकी गुरागाईंलाई महासंघको टोलीले बधाई शुभकामना ज्ञापन गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्य रञ्जित परियार, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार नवीना कुईंकेल लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । कोषमा हाल ५५ लाख रुपैयाँ बढी जम्मा भइसकेको छ । आफूले झैं अरुले पनि विवाह, जन्मोत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार गुरागाईंले बताइन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया