Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ फागुन २०७८ । सरकारले २ हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

शिक्षा पत्रकार समूहले गरेको कार्यक्रममा मन्त्री पौडेलेल ३ वर्षभित्र देशभरका सबै विद्यालयहरूमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्कन नदिन १८ हजार शिक्षकको नयाँ दरबन्दीको व्यवस्था गरेको पनि जानकारी गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया