Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

डडेल्धुरा, ३ फागुन २०७८। डडेल्धुरामा कोठा न्यानो बनाउन हिटर बालेर सुतेका एक जनाको निस्सासिएर मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका –२ त्रिपुरासुन्दरी (बुढी घटाल) मा बस्दै आउनुभएका कनैया गिरी ‘महाराज’ को मृत्यु भएको स्थानीयले जनाएका छन् ।

मंगलबार बिहान उहाँ आफ्नै कोठाभित्र मृत फेला पर्नुभएको स्थानीय रमेश भट्टले बताउनुभयो । मृतक कृष्णपुर नगरपालिकाको गुलरीयामा बसोबास गर्ने भएकाले अमरगढी नगरपालिकाले शव व्यवस्थापनको खर्च व्यहोर्ने गरि पठाइएको अमगढी नगरपालिका –८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताउनुभयो । गिरिको मृत्युबारेमा स्थानीय प्रशानलाई जानकारी गराइएको स्थानीय भट्टले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया