Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

संखुवासभा, २९ माघ २०७८ । मकालु गाउँपालिका ५ नुम र १ वालुङ जोड्ने अरूण नदी माथिको बेलिब्रिज (बेलिब्रिज) भाँचिएको छ । अरुण नदीमा रहेको चक्र कृष्ण पुल शनिबार दिउँसो भाँचिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

संखुवासभाको मकालु गाउँपालिका वडा नं ५ को नुम र वडा नं १ को वालुङ जोड्ने बेलिब्रिज भाँचिएको छ । शनिबार निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा भाँचिएको हो ।  ‘ट्रकमा सवार चालक र सहचालक सकुशल छन्’, उनले भने, ‘ निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक (लोवेट) पुल भाँचिएपछि अरुण नदीमा खसेको छ ।’

पुलभन्दा बढी क्षमता सामग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको मकालुका कार्यपालिका सदस्य पुरण याम्फुले बताए । दुई वटामा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरु आयोजनास्थल गएका थिए । याम्फुले भने, ‘पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा छ ।’ पुल भाँचिएर नदीमा छोएको छ भने चालक र सहचालकलाई स्थानीय उद्धार गरेका छन् ।

ना२क २४४ नम्बरको ट्रकका चालक रामेछापका हिक्मतबहादुर सुनुवार, प्रदेश २-०३००१ ख ३१६५ नम्बरको ट्रकका चालक इटहरी सुनसरीका सुदीप चौधरी, प्रदेश २-०३००१ ख ३१९८ नम्बरको ट्रकका चालक बाराका प्रमेख चौधरीसहितका अन्य सहचालकसमेत सकुशल रहेका छन्। ५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । बेलिब्रिज भाँचिएपछि आवतजावतमा समेत समस्या भएको छ। पुल भाँचिएर भएको दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रनाउ सुवदीले बताए ।कान्तिपुरबाट

 

 

तपाईको प्रतिक्रिया