Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

मोरङ, २६ माघ २०७८ । मोरङको उर्लाबारी नगरपालिका –५ ले वडाका ५० जना सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामाग्री वितरण गरेको छ ।

उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अगुवाइमा वडा नम्बर-५ का अध्यक्ष भानुभक्त शर्मा, सदस्यहरू रामकुमारी बिक, रबिन लामा, देवीकला राईको उपस्थितिमा उक्त पोषण सामाग्री बितरण गरिएको हो ।

पोषण सामग्रीमा चामल २५ केजी, हर्लिस् आधा केजी, ध्यू १ केजी, दाल २ केजी, खाने तेल १ लिटर, नुहाउने साबुन, लुगा धुने साबुन, लगायतका सामग्री वितरण गरिएको उर्लाबारी नगरपालिकाकी उप९प्रमुख लक्ष्मीदेवी भण्डारीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया