Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ माघ २०७८ । जर्मनी पठाउने भन्दै ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त, स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ भनिने ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ ।

ठूलो रकम ठगेको उजुरीका आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । कुटनीतिक नियोगका मानिसले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् ।

उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत बाँड्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।

गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तपाईको प्रतिक्रिया