Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २५ माघ २०७८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएको छ ।

थापाको निर्णयपछि काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापाको निर्णयलाई अनपेक्षित तथा अप्रत्यासित ठहर गरिएको छ ।

एकता महाधिवेशनपछि पार्टीको लोकप्रियतामा बृद्धि भइरहेको समयमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दै राप्रपाले निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ ।

विज्ञप्तिमा सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया