Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २५ माघ २०७८ । बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सरकारको आग्रहमा बुधबारका लागि तय भएको बैठक स्थगित भएको हुने भएको हो । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बैठक स्थगित गर्न आग्रह गर्नुभएको बताइएको छ ।

कानूनमन्त्रीको टेलिफोनपछि सभामुख सापकोटाले संसद सचिवालयका महासचिवमार्फत मंगलबार राति नै बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको सूचना जारी गर्नुभएको हो ।

बुधबारका लागि बोलाइएको बैठकमा एमसीसी कार्यसूचीमा परेको थिएन । एमसीसी पारित गर्न फेबु्रअरी मसान्तसम्मको समयसीमा पाएको देउवा सरकारका साझेदारहरुबीच नै यसबारे एक मत हुन नसक्दा सरकार अप्ठ्यारोमा परेको छ ।

एमसीसीको अन्यौल र प्रतिपक्षीको लगातारको अवरोधले लामो समयदेखि संसद बस्न सकेको छैन ।

प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया