Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २४ माघ २०७८। सरकारले माघ २६ गतेभित्र कोरोनाविरुद्धको खोपको सम्पूर्ण विवरण पठाउन पुनः निर्देशन दिएको छ ।

यसअघि माघ २१ गतेभित्र प्रयोग गरेको र प्रयोग गर्न बाँकी खोपको विवरण पठाउन निर्देशन दिएको मन्त्रालयले माघ २६ गतेभित्र सम्पूर्ण विवरण पठाउन पुनः निर्देशन दिएको हो ।

अहिलेसम्म ७१ जिल्लाले खोपको सम्पूर्ण विवरण पठाएको तथा बाँकी ६ जिल्ला र १ सय ९ स्थानीय तहले पठाउन बाँकी रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयले प्रयोगमा आउनसक्ने खोपको मात्रा एकीन गरी छानविन प्रक्रियालाई सम्पन्न गर्नका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गतका सातवटै व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई माघ २१ गतेसम्ममा प्रयोग गर्न नमिल्ने भएका खोपको मात्राको विवरण पनि २६ गते दिउँसो ४ बजेभित्र पठाउनसमेत निर्देशन दिएको छ ।

२४ लाख खोपको विवरण नभएपछि मन्त्रालयले माघ १६ गते मन्त्री विरोध खतिवडाको निर्णयअनुसार कोरोनाविरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया