Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

धनकुटा, ११ माघ २०७८ । धनकुटामा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । धनकुटा नगरपालिका–४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ, श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा-४ कि ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो ।

खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो ।

श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्र नै गाडेको भनेर बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली खटिएर उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।

यसरी श्रीमतीको हत्या गरी आफैले खाल्डो खनेर घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments