Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ९ माघ २०७८। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आगामी बैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ ।

बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

विद्यार्थीको पढाइ पु¥याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया