Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिकाबाट

काठमाडौं, २१ कात्तिक । चालू अंग्रेजी बर्षलाई उच्चस्तरीय भ्रमण बर्ष बनाउने सरकारको योजना असफल भएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।

सन् २०१८ मा विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखहरुको उच्चस्तरीय भ्रमण गर्ने सरकारको लक्ष्य थियो । तर, ११ महिनासम्म भारतबाहेक अन्य देशबाट उच्चस्तरीय भ्रमण भएको छैन ।

कूटनीतिक स्रोतहरुका अनुसार अब झन्डै दुई महिना अवधिमा चीनबाट उच्चस्तरीय भ्रमण हुने सम्भावना छैन ।

बेलायतका प्रधानमन्त्री कहिल्यै आएनन्

बेलायतसँग नेपालको कूटनीति सम्बन्ध सबैभन्दा पहिलो हो । तर, २०० वर्षको दौत्य सम्बन्धमा अहिलेसम्म एउटै पनि बेलायती प्रधानमन्त्री नेपाल आएका छैनन् । नेपालले बेलायतका हरेर प्रधानमन्त्रीलाई निम्तो भने दिने गरेको छ ।

तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले २०७० पुसमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटेर प्रधानमन्त्री केपी ओलीका तर्फबाट भ्रमणको निम्ता दिएका थिए, तर आएनन् । बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण भने बाक्लै हुने गरेको छ ।

बेलायती राजपरिवारका सदस्यहरुले भने नेपाल भ्रमण गर्दै आएका छन् । २०१८ मा नेपालको राजकीय भ्रमण गरेकी बेलायती महारानी एलिजाबेथ ट्वितीय र २०४३ मा दोस्रो पटक आएकी थिइन् । त्यसयता अन्य सदस्यहरुको अनौपचारिक भ्रमण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया