Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापाः गौरीग‌ंज कार्यपालिका सदस्य जेठा मुर्मुको घरमा शौचालय छैन। उनको परिवारका सदस्य अहिले पनि खेतबारी तथा खोलामा दिशा पिसाब गर्छन्। नजिकैको कनकाई नदी किनारामा प्रत्येक दिन बिहान दिशा पिसाब गर्नेको भीड नै लाग्छ।

मुर्मु शौचालय बनाउने सोच भए पनि आर्थिक अवस्था कमजोर भएका कारण बनाउन नसकेको बताउँछन्। उनी भन्छन्, ‘गत वर्ष नै बनाउने सोचमा थिएँ। श्रीमती बिरामी भएर पैसा सकियो। फेरि गत वर्ष घर पनि बनाएँ। त्यसकारण चर्पी बनाउन सकिन।’ उनले आफू समाजमा रहेका अन्यलाई शौचालय बनाउन चेतना दिनुपर्ने व्यक्ति भए पनि शौचालय बनाउन नसक्दा धेरै मुस्किल भएको बताउँछन्। ‘हुनत मैले पनि पहिला नै बनाइसक्नुपर्ने हो’, उनी भन्छन्,‘तर अहिलेसम्म बनाउन सकेको छैन, मलाई आफैँ दुस्ख लागेको छ। यो मंसिरभरिमा बनाइसक्छु।’

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, कनकाई विपद व्यवस्थापन समितिका अध्यक्ष तथा गौरीग‌ंज( २ कोरोबारीका स्थानीय नवलकृष्ण ताजपुरियाको घरमा पनि शौचालय छैन। उनीलगायत उनका सबै परिवार नजिकैको कनकाई माई नदीमा दिशा पिसाब गर्ने गर्छन्। पटक पटक खोलाको कटानले बसाइँ सर्नुपर्ने बाध्यताका कारण शौचालय नबनाएको उनले बताए। ‘खोलाले जग्गा कटान गरेर एक ठाउँमा बस्न दिँदैन। यहाँ घर बनेको सँग तीन पटक भयो। सरेको सर्‍यै गर्नुपर्छ अनि कसरी चर्पी बनाउने?’, उनले भने। उनीहरू त प्रतिनिधि पात्र मात्र हुन्। झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रका अधिकांश आदिवासी समुदायको घरमा शौचालय छैन। खोला नजिकै हुने गरेका कारण पनि स्थानीयले शौचालय बनाएका छैनन्। शौचालय नहुँदा महिलालाई धेरै समस्या पर्ने गरेको कोरोबारीकी स्थानीय माहजनी ताजपुरिया बताउँछिन्। ‘हामीलाई त धेरै गाह्रो हुन्छ। छोरा मान्छेलाई पो सजिलो छ। राती बाहिर जान पनि समस्या हुन्छ अनि दिउँसै दिशा पिसाब गर्न पनि समस्या छ’, महाजनी भन्छिन्, ’दिउँसो दिशा आएमा राती कति बेला हुन्छ भन्दै बस्नुपर्छ।’ ६८ वर्षका पुष्प राजवंशी सरकारी भत्ता आएपछि मात्र शौचालय बनाउने सोचमा छन्। अहिलेसम्म खोलामा नै दिशा पिसाब गरिरहेको भन्दै उनले अहिले शौचालय नबनाउने बताए। ‘अहिलेसम्म खोलामा नै गरिरहेका छौँ। अब किन चर्पी चाहियो र?’, उनी भन्छन्, ’अब ७० वर्ष पुगेपछि भत्ता आउँछ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

चर्पी नबनाई भत्ता दिँदैन रे त्यस बेला बनाउला नि! अहिले किन चाहियो?’ चर्पी बनाएकालाई सहज पछिल्लो एक वर्षमा गाउँमा केही स्थानीयले शौचालय बनाएका छन्। शौचालय बनाएपछि स्थानीयले धेरै सहज महसुस गरेका छन्। एक वर्षअघि त्यही ठाउँका महेन्द्र राजवंशीले शौचालय बनाए। त्यसयता उनलाई केही समस्या आएको छैन। खेतमा दिशा पिसाब गर्दा न रोग फैलने डर, न त पाहुना आउँदा समस्या नै भएको छ। ‘पहिला खोलामा खेतामा जानुपर्दा धेरै समस्या थियो। तर अहिले धेरै सहज भएको छ’, उनले भने, ‘सम्धी आउँदा पनि पहिला त बारीमा लानुपर्थ्यो। धेरै लाज हुन्थ्यो।’ स्थानीयमा चेतनाको कमी हुँदा शौचालय नबनाएको उनी बताउँछन्। भन्छन्, ‘स्थानीयमा चेतना नै छैन। धेरैलाई चर्पी बनाउनुपर्छ भन्ने नै छैन।’ उनलाई पनि पोहोरसम्म त किन चाहिन्छ भन्ने लागेको थियो तर खुला दिशामुक्त बनाउन चेतना दिँदै आउनेहरूले सम्झाएपछि आफूले पनि बनाएको बताए।

 

शौचालय बनाएपछि आफूहरूलाई धेरै सहज भएको स्थानीय अमृता राजवंशी बताउँछिन्। भन्छिन्, ‘चर्पी बनाएपछि हामी छोरी मान्छेलाई चाहिँ धेरै सहज भएको छ। पहिला त दिशा आयो भने पनि कि बिहानको राती कि बेलुका साँझ परेपछि खोलामा जानुपर्थ्यो तर अहिले त ढुक्क छ। जति बेला आए पनि निर्धक्क जान पाइन्छ।’
चिरञ्जीवि घिमिरे

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments