Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

गौरीगंज १७, कार्तिक । र झापाको गौरीगंज गाउँपालिका वार्ड नं ५ र ६ मा नहर निर्माण हुने भएको छ ।

आकाशे पानीको भरमा सिंचाई गर्ने यस भेगका कृषकहरू नहर निर्माण हुने भए पछि खुशी भएका छन् । तल्लो रामचन्द्रे सिंचाइ उपभोत्ता समितिको पहलमा निर्माण हुन लागेको नहरबाट करिब ७ सय देखि १ हजार हेक्टर जमिन सिंचित हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाले जनाएको छ ।

नहर निर्माणका लागि साविक उर्जा तथा जलस्रोत मन्त्रालय हालको प्रदेश नं १ भौतिक पुर्वाधार विकास मन्त्रालयले भ्याटसहित ८ करोड ७९ लाख रूपैयाँमा नयाँ बाटो शिवाको सताक्षी जेभीलाई ठेक्का दिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिनुभयो ।

नहर निर्माणको सर्भे कार्य अन्तिम चरण पुगेकाले छठ पर्व पछि शिलान्यास भएर निर्माण कार्य शुरू हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख राजवंशी बताउनुभयो ।

गौरीगंज गाउँपालिकाको वार्ड नं ५ र ६ का कृषकहरूले प्रत्यक्ष लाभान्वित हुने नहरमा १७ सय मिटर लम्बाई मुुुुख्य क्यानल रहने र २ हजार देखि २२ सय मिटर सम्म शाखा क्यानल निर्माण हुने जनाईएको छ । मझौला सिंचाई आयोजना कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको नहरको निर्माण कार्य २ वर्ष ६ महिना भित्र सक्नु पर्ने सम्झौता छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका ईन्जिनियर सान बहादुर भट्टराईले नहर निर्माण कार्यमा उपभोक्ता समिति सक्रिय भएर लागे तोकिएको समयमा नै नहर निर्माण कार्य सम्पन्न हुने दावी गर्नुभयो । नहरको मुख्य क्यानल निर्माण हुने स्थानमा केही कृषकहरूले अवरोधका कुराहरू गरेपनि यसलाई यथासिघ्र सुल्झाउन ईन्जिनियर भट्टराईले आग्रह गर्नुभयो ।

उपभोक्ता समितिका अध्यक्ष मानबहादुर राजवंशीले नहर निर्माण कार्यमा १,२ स्थानमा अवरोध आए पनि कृषकसंग छलफल गरेर अघि बढ्ने बताउनुभयो । मुख्य नहरको क्यानल साविक कै पैनीबाटै नहर निर्माण गरिने हुदा कुनै पनि कृषकको व्यत्तिगत जग्गा नकाटिने अध्यक्ष राजवंशीले दाबी गर्नुभयो

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यस भेगमा नहर निर्माण हुनु भनेको यस भेगका कृषकका लागि बरदान सावित भएको बताउनुभयो । नहर निर्माणले यस भेगका कृषकको खेतको उब्जाउ बढाई बढी आम्दानी दिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नहर निर्माण कार्यलाई कहि कसैबाट अवरोध नगरी सबैले मिलेर सहयोग गर्नुपर्ने अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । नहर निर्माण कार्य अघि बढाउन उपभोक्ता समितिलाई सम्झौताका लागि बजेट विनियोजन गरि गाउँपालिकाले सहयोग गरेको उहाँले स्मरण गराउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments