Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, २ श्रावण २०७८ । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बैठकका एजेण्डाको विषयामा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे च्यासलमै बस्ने उहाँले बताउनुभयो ।

आइतबारको बैठकका लागि माधव नेपाल पक्षका नेताहरूलाई पनि खबर पठाइएको छ । सोमबार बैठकका लागि भने आइतबार मात्र खबर गरिने उहाँको भनाइ छ । उहाँले आफूहरूले जेठ २ गतेपछिको केन्द्रीय कमिटी बैठक बोलाएको पनि जानकारी दिनुभएको छ ।

शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा माधव नेपाल पक्षीय नेताहरू भने सहभागी थिएनन् । उनीहरूले बैठक रोकर सहमतिका साथ अघि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे पनि ओलीले बैठक नरोकी अघि बढेका थिए ।

बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदलले गरेको एकताको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल भङ्ग गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया